कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि
सोमबार, ०७ माघ २०८१, १० : १७
विराटनगर । गत असाेज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएकाे काेशी प्रदेशसभाकाे हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ ।
आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेस हुनेछ भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ ।
यस्तै मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाको सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।
अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण