महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न
सोमबार, ०७ माघ २०८१, १६ : ४१

काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ । सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुरस्थित श्री कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरू मध्ये न्यानो कपडाको अभाव भएका ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा पुस २७ गते ५५ थान पोलार ज्याकेट वितरण गरेको छ ।
त्यस्तै, सर्वोदय परियोजना नामक गैर सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको प्रवर्द्धन गर्न आयोजित कार्यक्रम सञ्चालन गर्नको निमित्त पनि बैंकले आर्थिक सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान