महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न
सोमबार, ०७ माघ २०८१, १६ : ४१
काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ । सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुरस्थित श्री कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरू मध्ये न्यानो कपडाको अभाव भएका ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा पुस २७ गते ५५ थान पोलार ज्याकेट वितरण गरेको छ ।
त्यस्तै, सर्वोदय परियोजना नामक गैर सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको प्रवर्द्धन गर्न आयोजित कार्यक्रम सञ्चालन गर्नको निमित्त पनि बैंकले आर्थिक सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण