विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ। बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ घर भएका तिलकबहादुर कार्की, प्युठान घर भएका हरिबहादुर विष्ट र स्याङ्जा घर भएकी जमुना परियार छन् ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका थिए ।
प्रहरीका अनुसार ३४ वर्षीय कार्कीले यूके पठाइदिन्छु भन्दै एक जनासँग १ लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै ३६ वर्षीय विष्टले अमेरिका पठाइदिन्छु भन्दै दुई जनासँग २ लाख रुपैयाँ र परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जनासँग २८ लाख रुपैयाँ ठगी गरेका थिए ।
तीनै जनालाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण