मुख्यमन्त्री कँडेलले बेइमानी गरेको प्रतिपक्षको आरोप
सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बेइमानी गरेको आरोप लगाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता राजकुमार शर्माले तत्कालीन अवस्थामा माओवादीसँग गरिएको सम्झौता कार्यान्वयन नगरी बेइमानी गरेको बताए ।
‘मुख्यमन्त्रीसँग हस्ताक्षर गरेको कागज मेरो खल्तीमै छ,’ उनले भने, ‘के रोजगारी दिने कुरा गलत हो ? बेठिक थियो ? समयमै गर्न नसक्ने कुरा मैले पनि अनुभूति गरे तर गर्नु त पर्थ्यो नि । के कर्णालीमा रोजगारीको आवश्यकता छैन ?’
१० हजारलाई रोजगारी दिने कुरा आफ्नो मनोगत कुरा नभई समग्र कर्णालीको आवश्यकता भएको शर्माले बताए । उनले अगाडि भने, ‘मैले मेरा कार्यकर्ता भर्ती गर्न गरेको भन्ने आरोप पनि लाग्यो, एमालेले नै भर्ती गरेको भए पनि हुन्थ्यो नि अहिले । प्रतिपक्ष दलको हिसाबले मेरो केही पनि थिएन ।’
रोजगार दिने कुरामा भाग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । अविच्छिन्न उत्तराधिकारी संस्था हुनुका नाताले संसद्ले पारित गरेको कुरामा मुख्यमन्त्रीले उदासीनता देखाएको शर्माले बताए । ‘गर्छु भनेर सम्झौता पनि गर्नुभयो तर बेइमानी गर्नुभयो,’ उनले भने ।
मुख्यमन्त्री कँडेल मनपर्दो तरिकाले हिँडिरहेको शर्माको आरोप छ । सरकार मनपरी गर्ने थलो नभएको र विधि, नीति नियम अनुसार चल्नुपर्ने उनको भनाइ थियो ।
भूकम्प प्रभावित क्षेत्रमा पनि काम गर्ने प्रतिबद्धता भुलेको उनको आरोप छ ।
रुकुम पश्चिमको भ्रमणका क्रममा मुख्यमन्त्री कँडेलले सहिदको अपमान गरेको आरोप पनि शर्माले लगाए । उनले भने, ‘रुकुमको सहिद पार्कमा पुगेर, सहिद पार्कमा उभिएर मान्छेले जिउँदो मान्छेलाई दुख दिने भए भन्नु भएछ, के तपाईँ आकाशबाट खसेर आएको हो ? धर्तीबाट उम्रिएर आएको हो ?’
इतिहासको अवमूल्यन नगर्न उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण