ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?
वासिङटन डीसी । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेका छन् । यसैबिच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिएका छन् । ‘उनी एक शक्तिशाली व्यक्ति हुन् । म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु,’ जेलेन्स्कीले भने । उनी भन्छन्, ‘युक्रेनको जनता शान्तिका लागि अमेरिकासँग काम गर्न तयार छ । यो एउटा अवसर हो जसको फाइदा अवश्य उठाउनुपर्छ ।’
जेलेन्स्कीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा गरिएको एक पोस्टमा अझ अगाडि उनले भनेका छन्, ‘४७ औँ राष्ट्रपति बनेकोमा म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई बधाई दिन्छु । आज परिवर्तन र भौगोलिक चुनौतीहरूसहित धेरै समस्याहरूबारे गरिएको संकल्पको लागि आशाको दिन हो ।’
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे धेरै पटक बोलेका छन् । आफूले शपथ ग्रहण गरेलगत्तै यो युद्ध अन्त्य गराउने दाबी पनि उनले गरेका छन् । तर यो कसरी गराउनेछन् भन्ने चाहिँ उनी विस्तारमा भनेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण