महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा उच्च अदालतमा याचिका दायर
नयाँ दिल्ली । कोलकाताको आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा तल्लो अदालतको फैसलालाई चुनौती दिन पश्चिम बंगाल सरकारले उच्च अदालतमा याचिका दायर गरेको छ ।
कोलकाता उच्च अदालतका न्यायाधीश देबांशु बसक र न्यायाधीश मोहम्मद रशिदीको इजलासले यस मुद्दामा दोषी ठहरिएका सञ्जय रायलाई मृत्युदण्डको सजाय माग गर्दै निवेदन दायर गर्न राज्य सरकारलाई अनुमति दिएको छ । यो याचिका राज्य सरकारको तर्फबाट महाधिवक्ता किशोर दत्तले दायर गरेका हुन् ।
सोमबार कोलकाताको सियालदह अदालतले मुख्य आरोपी सञ्जय रायलाई आजीवन कारावासको सजाय सुनाएको थियो । न्यायाधीशले राज्य सरकारलाई पीडित परिवारलाई क्षतिपूर्तिस्वरूप १७ लाख रुपैयाँ तिर्न पनि आदेश दिए । मंगलबार मालदामा आयोजित एक कार्यक्रममा बोल्दै ममता बनर्जीले भनिन्, ‘हो, यो एउटा दुर्लभ घटना हो । यो एउटा गम्भीर अनि निकै गम्भीर अपराध हो । यदि कुनै अपराधीलाई बचाइयो भने, उसले फेरि अपराध गर्नेछ । अपराधीहरूलाई संरक्षण गर्नु हाम्रो काम होइन ।’ राज्यकी मुख्यमन्त्री ममता बनर्जीले यस निर्णयप्रति पहिले नै प्रतिक्रिया दिइसकेकी थिइन् ।
माइक्रो ब्लगिङ्ग वेबसाइट एक्समा एउटा पोस्टमा अदालतको निर्णय देखेर आफू साँच्चै छक्क परेको उनले बताएकी थिइन् । यस मामिलामा दोषीलाई फाँसीको सजाय हुनु पर्ने उनको भनाइ थियो । यस घटनामा मृत्युदण्ड हुनुपर्ने अनि तल्लो अदालतको निर्णयलाई उच्च अदालतमा चुनौती दिने कुरा पनि सो पोस्टमा उल्लेख गरेका थिइन् ।
२०२४ को अगस्ट ९ मा आरजी कार अस्पतालको सम्मेलन कक्षमा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको शव फेला परेको थियो । अनुसन्धानका क्रममा डाक्टरको बलात्कार गरेर हत्या गरिएको पत्ता लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण