अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टी तटस्थ बस्ने, नेतृत्व छनोटमा संगठन स्वतन्त्र
काठमाडौँ । नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।
क्रान्तिकारीको निर्वाचनबारे छलफल गर्न मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रियाबाट जान स्वतन्त्र छोडेको सचिव दीनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए । शर्माका अनुसार विद्यार्थीबाहेक अन्य विषयमा छलफल नभएको स्पष्ट पारे ।
‘विद्यार्थीको नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा गइसक्यो यसमा पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन । जुन व्यक्तिलाई जुन पदमा उम्मेदवारी दिन मन लाग्छ फ्याक्सन इन्चार्जको समन्वयमा गरेर जान सकिने सुझाव दिएको छ । सबै प्रदेशमा निर्वाचन हुने हुँदा प्यानल बनाएर जाने कुरा पनि हुँदैन । सकभर सहमतिमै नेतृत्व चयन हुने वा निर्वाचन प्रक्रियामा गएपनि पदाधिकारीमा मिलाएर जाँदा हुन्छ भनेर पार्टीले सुझाव दिने कुरा भयो । अब विद्यार्थीहरूको स्वविवेकको कुरा हो’, उनले भने ।
विधानमा देखिएका अस्पष्टता हटाउने, मतपत्र कसरी छाप्ने, ढुवानी कसरी गर्ने भन्ने विषयमा छलफल भएको शर्माले दाबी गरे । बैठक बस्नुअघि विद्यार्थी नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण