रोनाल्डोको दुई गोलसँगै अल–नासरको जित
काठमाडौँ । साउदी व्यवसायीक फुटबल लिगको मंगलबार राति सम्पन्न खेलमा अल–नासरले अल–खालिजलाई ३–१ गोलले हराएको छ । अल–नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोलको योगदान गरे ।
खेलका क्रममा चारवटै गोल दोस्रो हाफमा भएको थियो । खेलको पहिलो हाफमै अल–खालिज १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ३५औँ मिनेटमा अल–खालिजका रक्षपँक्तिका खेलाडी अल हमसल सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
यद्दपि, अल–नासरले त्यसको फाइदा उठाउँदै पहिलो हाफमा गोल गर्न सकेन । निर्धारित समयको ६५औँ मिनेटमा रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । निर्धारित समयको ८०औँ मिनेटमा अल–खालिजले जवाफी गोल गरेको थियो ।
अल–खालिजका लागि ग्रिसका स्ट्राइकर कोस्टसले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलका क्रममा संवेदनशील क्षेत्रभित्र अल–नासरका खेलाडीले हातले बल छोएपछि अल–खालिजले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
निर्धारित समयको ८१औँ मिनेटमा सुल्तान अल–घानमले अल–नासरलाई पुनः २–१ गोलले अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा रोनाल्डोले अल–नासरका लागि अर्को गोल थपेका थिए ।
जितसँगै अल–नासर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हालसम्म १६ खेल खेलेको अल–नासरले ३२ अंक बटुलेको छ । अल–नासरले हालसम्म नौ जित, पाँच बराबरी र दुई हारको नतिजा निकालेको छ ।
१६ खेलबाट ४३ अंक बटुलेको अल–हिलाल तालिकाको पहिलो स्थानमा आसीन छ । १५ खेलबाट ४० अंक जोडेको अल–इत्तिहाद भने तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण