‘ट्रम्पको धम्कीसामु क्यानडा झुक्ने छैन’
ओट्टावा । अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अन्य देशहरूसँगको अमेरिकाको सम्बन्ध कस्तो होला ? यो अहिलेको ठुलो प्रश्न हो । छिमेकी क्यानडालाई अमेरिकाको हिस्सा बनाउने जस्ता अभिव्यक्ति दिने ट्रम्पले कडा प्रतिरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा उच्च कर लगाउने धम्की पनि दिएका छन् । यसप्रति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रतिक्रिया दिएका छन् । ट्रम्प सामु क्यानडा नझुक्ने बरु आर्थिक नोक्सानी बेहोर्न तयार रहेको उनको भनाई छ ।
ट्रम्पको शपथ ग्रहणको दुई हप्ता अगाडि जनवरी ६ मा ट्रुडोले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । आफ्नो देशले अमेरिकालाई कडा प्रतिक्रिया दिने उनले भनेका छन् ।
मंगलबार क्युबेकको मोन्टेबेलोमा भएको विशेष मन्त्रिपरिषद् बैठकमा ट्रुडोले ट्रम्पको कदमबाट आफू विचलित नभएको बताए । ट्रम्पसँग काम गर्दा धेरै अनिश्चयको अपेक्षा गरेको पनि उनले बताए । ट्रम्प एक कुशल वार्ताकार भएको र आफ्ना वार्ता साझेदारहरूलाई अलिकति असन्तुलित राख्न जे पनि गर्ने पनि उनको भनाई थियो । तर, विदेश नीतिको मामिलामा क्यानडा आफ्नो हितको रक्षा गर्न र आफ्नो दृष्टिकोण प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम भएको ट्रुडोले बताए ।
क्यानडामाथि अतिरिक्त महसुल लगाउने निर्णयबाट पछि हट्न ट्रम्पलाई बाध्य पार्न उनी अमेरिकालाई आर्थिक क्षति पुर्याउन पनि आफू तयार भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण