बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ९० अर्ब रुपैयाँ तान्ने भएको छ ।
निक्षेप संकलनको उपकरण प्रयोग गरेर राष्ट्र बैंकले २१ दिनका लागि बैंक तथा वित्तीय संस्थामा रहेको ९० अर्ब रुपैयाँ खिच्न थालेको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । राष्ट्र बैंकले उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ३० गते गर्ने जनाएको छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने छन् । बजारमा कर्जायोग्य लगानी धेरै भएपछि यस्तो उपकरणको प्रयोग गरेर राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गरेको छ ।
यसमा सहभागी हुन कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न समेत सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण