डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
बुधबार, ०९ माघ २०८१, १५ : २५
वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डार्क वेब मार्केटप्लेस सिल्क रोडका सञ्चालक रस उल्ब्रिचलाई पूरा अनि निशर्त माफी दिएका छन् । सिल्क रोड गैरकानूनी लागू औषध, हातहतियार आदि किनबेच हुने ठाउँ थियो ।
न्यूयोर्क अदालतले लागू औषध र सम्पत्ति शुद्धिकरणको अभियोग लगाएपछि २०१५ मा उल्ब्रिचलाई आजिवन काराबासको सजाय दिइएको थियो । आफूले उल्ब्रिचलाई माफी दिएको भनेर उनकी आमालाई बताएको भन्दै आफ्नो सामाजिक सञ्जाल मञ्च टुथ सोसलमा ट्रम्पले एउटा पोष्ट गरेका थिए । प्रहरीले उल्ब्रिचलाई समातेपछि सन् २०१३ मा सिल्क रोड बन्द भएको थियो ।
सो साइटबाट उल्ब्रिचले बिट्क्वाइ प्रयोग गरेर अवैध लागू औषध किन्नुको साथै उपकरण ह्याक गरेको अनि पासपोर्ट चोरेको लगायत आरोप पनि उनीमाथि लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण