डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
बुधबार, ०९ माघ २०८१, १५ : २५

वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डार्क वेब मार्केटप्लेस सिल्क रोडका सञ्चालक रस उल्ब्रिचलाई पूरा अनि निशर्त माफी दिएका छन् । सिल्क रोड गैरकानूनी लागू औषध, हातहतियार आदि किनबेच हुने ठाउँ थियो ।
न्यूयोर्क अदालतले लागू औषध र सम्पत्ति शुद्धिकरणको अभियोग लगाएपछि २०१५ मा उल्ब्रिचलाई आजिवन काराबासको सजाय दिइएको थियो । आफूले उल्ब्रिचलाई माफी दिएको भनेर उनकी आमालाई बताएको भन्दै आफ्नो सामाजिक सञ्जाल मञ्च टुथ सोसलमा ट्रम्पले एउटा पोष्ट गरेका थिए । प्रहरीले उल्ब्रिचलाई समातेपछि सन् २०१३ मा सिल्क रोड बन्द भएको थियो ।
सो साइटबाट उल्ब्रिचले बिट्क्वाइ प्रयोग गरेर अवैध लागू औषध किन्नुको साथै उपकरण ह्याक गरेको अनि पासपोर्ट चोरेको लगायत आरोप पनि उनीमाथि लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार
-
सरकार र शिक्षक महासंघविचको सहमति, विद्यालय शिक्षक कर्मचारी नै असन्तुष्ट