अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सम्पन्न भई उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ ।
बुधवार राति केन्द्रीय निर्वाचन समितिको कार्यालयले सो सङ्गठनका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो ।
उक्त नामावली डब्लु डब्लु डट इलेक्सन डट अखिल डट ओरजी www.election.akhilr.org मा हेर्न सकिने जनाइएको छ ।
केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरू गरी जम्मा कुल ३१२ पदका लागि जम्मा ५०० जनाको उम्मेदवारी रहेकोमा उक्त उम्मेदवारहरूको प्रारम्भिक नामावली माथिको दाबी विरोध बिहीबार बिहान ९ बजेभित्र www.election.akhilr.org मार्फत उजुरी पेस गर्न समेत समितिले अनुरोध गरेको छ । सो संगठनको २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण