माघ महिनाभर बाथरोगको निःशुल्क परीक्षण
बिहीबार, १० माघ २०८१, १० : ३९
काठमाडौँ । माघ महिनाभर बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै छ । काठमाडौँको रातोपुलस्थित रहेको नेशनल बाथरोग सेन्टरले महिनाभर निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने भएकाे छ ।
यस परीक्षणमा सीआरपी, इएसआर, युरिक एसिड र सुगर निःशुल्क परीक्षण गरिने सेन्टरले जनाएको छ । सेन्टरकी बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीका अनुसार बाथरोगको समयमै परीक्षण नगरेमा यसले दीर्घकालीन असर पुर्याउन सक्छ ।
हड्डीको संरचना बिग्रिनु, चल्न नसक्नु, दैनिक जीवनमा कठिनाइ हुने जस्ता समस्या हुन सक्ने बताइन् । समयमा पहिचानका लागि परीक्षण आवश्यक रहेको सुनाइन् । ढाड, घुँडा वा अन्य जोर्नी दुख्ने, बिहान उठ्दा जोर्नी अकडिने वा चलाउन गाह्रो हुने, हातखुट्टा सुन्निने वा कमजोर महसुस हुने लक्षण भएमा परीक्षण गराउन आवश्यक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण