राजेशपायलको ‘कलेजकी सुन्दरी’ सार्वजनिक
बिहीबार, १० माघ २०८१, १६ : २२
_xdDJGLN7p6.jpg)
काठमाडौँ । गायक राजेशपायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीत सार्वजनिक भएको छ । खगेन राई ‘खगेन कहानी’ को शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज छ ।
डान्सिङ विटको गीतमा स्कुल, कलेज जीवनको रमाईला यादहरुलाई प्रेमिल भावमा गीतकार खगेनले उतारेका छन् । गीतको भिडियो एलिश राईले निर्देशन गरेका हुन् ।
भिडियोमा एलिसको अलवा उमेश राई ‘फुलन्देकी आमा’, गीता ढुङ्गाना, उषा उप्रेती र रमेश बुढाथोकीको अभिनय छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अमृत चापागार्इंले सम्पादन गरेका छन् ।