देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन
काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथा वाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीलाई बिदाइ गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा देवीजीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग बिदा लिएकी हुन् । महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन् । बिदाइ समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ ।
६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दु धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै अनेकौँ स्थानमा कथा वाचन गरिसकेकी छिन्। सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण