प्रधानमन्त्री ओलीको पाल्पा र बुटवलको कार्यक्रम स्थगित
शुक्रबार, ११ माघ २०८१, ११ : ०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् । सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ ।
ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् । ब्रेक थ्रु गर्ने कार्यक्रममा भने ओली भर्चुअल रूपमा सहभागी हुनेछन् । गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन् । घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण