काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
काभ्रे । बेथानचोक गाउँपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने ग्वा भञ्ज्याङ् र आसपासको क्षेत्रको जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणको प्रयास भएको छ ।
सो स्थानको सेती भिर क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रणको लागि गृह मन्त्रालयमार्फत सिम्रिक एयरको हेलिकप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।
_yrH2Rn47PB.jpg)
दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृंखलाको सामुदायिक वनमा गत मङ्गलवार दिउँसोदेखि आगलागी भएको थियो । आगो नियन्त्रणमा आउन नसकेपछि हेलिकप्टरमार्फत पानी हाल्ने काम गरिएको उनले बताए ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नम्बर–१, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।
काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेक डाँडामा आगलागीका कारण फैलिएको आगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुन सक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।
_pPDTZnvSQN.jpg)
सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले गत बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।
_3Lp975CTmQ.jpg)
_s0ty7Ybhva.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण