काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
_fJXKs9c8OE.jpg)
काभ्रे । बेथानचोक गाउँपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने ग्वा भञ्ज्याङ् र आसपासको क्षेत्रको जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणको प्रयास भएको छ ।
सो स्थानको सेती भिर क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रणको लागि गृह मन्त्रालयमार्फत सिम्रिक एयरको हेलिकप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।
दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृंखलाको सामुदायिक वनमा गत मङ्गलवार दिउँसोदेखि आगलागी भएको थियो । आगो नियन्त्रणमा आउन नसकेपछि हेलिकप्टरमार्फत पानी हाल्ने काम गरिएको उनले बताए ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नम्बर–१, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।
काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेक डाँडामा आगलागीका कारण फैलिएको आगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुन सक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।
सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले गत बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह