रुपन्देही जिल्ला अदालतमा रवि लामिछाने पक्षका वकिलको बहस जारी
बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रवि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
रुपन्देही जिल्ला अदालतका रजिस्ट्रार यज्ञमुर्ति ज्ञवालीका अनुसार रविको पक्षबाट ८ जना कानुन व्यवसायीले बहस गर्न नाम टिपाएकोमा अहिलेसम्म दुई जनाले बहस गरेका छन् ।
प्रतिवादी पक्षको बहस सकिएपछि वादी र प्रतिवादी दुवैतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।
इजलासमा शुक्रबार नै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए । उनले बहसमा बचतकर्ताहरूले दुःख गरेर जम्मा गरेको रकम रवि लगायतका प्रतिवादीले दुरुपयोग गरेको आरोप लगाएका थिए । बचतकर्ताको रकम जसरी भए पनि मिलेर खाने उद्देश्यले प्रतिवादीहरूको भूमिका देखिएको उनको जिकिर थियो ।
बिहीबार ८ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बिहीबार नै बहस गरेका थिए ।
गोर्खा मिडिया नेटवर्कमार्फत बुटवलको सुप्रिम सहकारीको बचत हिनामिना सम्बन्धी प्रकरणमा जोडिएका लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा गत आइतबार दर्ता भएको हो । सोही मुद्दाको थुनछेक बहसका लागि लामिछाने बुधबार आफैँ अदालतमा हाजिर भएका थिए ।
बुधबार रविको बयान सकेर बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो । थुनछेक बहस शुक्रबार साँझसम्म टुङ्गिन्छ या टुङ्गिँदैन भन्ने यकिन छैन ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण