बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी देखिएका छन् । आवेदन दिने अन्तिम दिनसम्म सो संख्यामा आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसरी आवेदन दिनेहरूमा कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।
प्राधिकरणको अध्यक्षका लागि गत २६ गते प्राधिकरणले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । यसअघि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञ सदस्य रहेको समिति बनाएको थियो । उक्त समितिमा विज्ञ सदस्यको रूपमा ज्योति ओझा नियुक्त भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पदेन हुन् ।
यसअघि पुस १९ गते तत्कालीन अध्यक्ष सूर्य सिलवालको पदावधि सकिएको थियो । अहिले सरकारले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका प्राधिकरणका सञ्चालक समितिका सदस्य मदन दाहाललाई अर्को नियुक्ति नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी तोकेर पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण