‘फेरि रेशम फिलिली’मा सिक्वेल गीत ‘पारी त्यो डाँडामा’
काठमाडौँ । २०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’मा समावेश ‘पारी त्यो डाँडामा’ गीतले करिब २/३ वर्ष बजारमा एकछत्र राज गर्यो । अझै पनि जनजिब्रोमा झुण्डिएको यो गीतले फिल्मको ओपनिङ व्यवसायलाई धेरै मद्दत गरेको थियो । तर, फिल्म रिलिजको दोस्रो दिनै (वैशाख १२ गते) ठुलो भूकम्प जाँदा फिल्म चल्नै पाएन । यद्यपि, गीतको चर्चा भने कम भएन ।
अब उक्त गीतको सिक्वेल आउने भएको छ । र, त्यो गीत ‘रेशम फिलिली’कै सिक्वेल ‘फेरि रेशम फिलिली’मा समावेश हुनेछ । यसै साता सार्वजनिक हुन लागेको गीतको केही दिनअघि छायांकन गरिएको थियो । निर्माताले शुक्रबार गीत छायांकनका केही तस्बिर सार्वजनिक गरेका छन्, जसमा फिल्मका मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई देख्न सकिन्छ ।
सार्वजनिक तस्बिरमा विनय र सुपुष्पा रोमान्टिक मुडमा प्रस्तुत छन् । उनीहरूको आडैमा एउटा रुख छ, जसको हाँगामा विभिन्न रंगका छाताहरु बाँधिएको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत छ भने कालीप्रसाद र सोमिया बराइलीको पाश्र्व गायन छ । मानस राज गीतका रचनाकार हुन् । ‘जालमा’ गीत पनि कालीप्रसाद र मानसले नै तयार पारेका थिए ।
आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्मका लेखक तथा निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कँडेल निर्माता रहेको फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्माता एनि थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण