सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
भक्तपुर । सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ । टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
नगरप्रमुख वासुदेव थापाले पहिलो र दोस्रो कार्यकालमा सबै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोगले नगरपालिकाले २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण गरेको, १ नं वडाको भवन निर्माणको चरणमा रहेको, नगरपालिकाले आफ्नै भवन निर्माण गरेको, नगर अस्पताल सञ्चालनमा ल्याएको र ठूला सडक, पुललगायत आयोजना सम्पन्न गरेको जानकारी दिए ।
नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण सम्पन्न गरेको बताए । हालसम्म नगर कार्यपालिकाले ९९ वटा कानुन बनाइसकेको नगरप्रमुख थापाले बताए ।
उक्त भवन अपाङ्गतामैत्री रहेको र छ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ । नयाँ भवनमा करिब पाँच सय सवारीसाधन अट्ने दुईतलाको पार्किङ रहेको जानकारी दिँदै प्रमुख थापाले नवनिर्मित भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको बताए । कार्यकक्षका लागि ९२ वटा कक्षका साथै स्तनपान कक्षसमेत रहेको जनाइएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले भवन निर्माण गर्न सङ्घीय सरकारको रु दुई करोड, जिल्ला समन्वय समितिको रु ७५ लाख र बाँकी रकम नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण