अध्यादेशको विरोध गर्नुको औचित्य छैन : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनअनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । शनिवार विराटनगरमा प्रेस चौतारी मोरङको ९ औं अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुनअनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् ।
उनले संघीय सरकार र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक सञ्जालमा विरोध गर्ने प्रवृति बढेको गुनासो गरे । मुख्यमन्त्री कार्कीले वर्तमान गठबन्धन संविधान संशोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका लागि भएको स्पष्ट पार्दै एमाले र कांग्रेसबिचको सहमति मन नपराउने तत्वहरुले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेको टिप्पणी गरे ।
प्रदेशभरका पत्रकारहरुको हकहितका लागि काम गर्ने गरी प्रदेश सरकारले आम संचार प्रतिष्ठान सम्बन्धी विधेयक चालू अधिवेशनमा नै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जुदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । प्रेस चौतारी मोरङले स्थापना गरेको सो पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण