अध्यादेशको विरोध गर्नुको औचित्य छैन : मुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनअनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । शनिवार विराटनगरमा प्रेस चौतारी मोरङको ९ औं अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुनअनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् ।
उनले संघीय सरकार र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक सञ्जालमा विरोध गर्ने प्रवृति बढेको गुनासो गरे । मुख्यमन्त्री कार्कीले वर्तमान गठबन्धन संविधान संशोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका लागि भएको स्पष्ट पार्दै एमाले र कांग्रेसबिचको सहमति मन नपराउने तत्वहरुले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेको टिप्पणी गरे ।
प्रदेशभरका पत्रकारहरुको हकहितका लागि काम गर्ने गरी प्रदेश सरकारले आम संचार प्रतिष्ठान सम्बन्धी विधेयक चालू अधिवेशनमा नै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जुदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । प्रेस चौतारी मोरङले स्थापना गरेको सो पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना