स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद मत ल्याएको राप्रपाले संस्थागत रूपमा ११ लाख खर्चिएको खुलासा
काठमाडौँ । मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा राप्रपाले संस्थागतरुपमै ११ लाख रुपैयाँ भन्दा धेरै खर्च गरेको पाइएको छ । तर, नतिजा भने राप्रपाको लज्जास्पद आएको थियो ।
उक्त निर्वाचनमा ३२ जना उम्मेदवार खडा गरेपनि कुल मिलाएर ३९०३ मत ल्याएको राप्रपाले खर्च संस्थागत रूपमा ११ लाख १८ हजार ७४० रुपैयाँ खर्च गरेको जारी केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । उक्त निर्वाचनमा राप्रपालाई पूर्वअध्यक्ष पशुपति शमशेर राणाले ५ लाख र सहायक कोषाध्यक्ष शोभित उप्रेतीले २ लाख चन्दा समेत दिएका थिए । यसबाहेक उम्मेदवारले गरेको खर्च छुट्टै थियो ।
उपनिर्वाचनमा सुधारिएको नतिजा ल्याउने मात्रै नभई केही स्थानमा जित्नेसमेत लक्ष्य लिए पनि अधिकांश स्थानमा उम्मेदवारको जमानत नै जफत भएको थियो । चुनावमा कमजोर नतिजा आएको विषय जारी बैठकमा चर्चाको विषय समेत बनेको छ ।
उपनिर्वाचनमा मत बढाउन राप्रपाले राम्रै तयारी गरेको थियो । सोहीअनुसार हरेक उपनिर्वाचन हुने क्षेत्रमा केन्द्रीय तहबाट कमान्डर नै तोकेर आवश्यक रणनीति बनाउने लगायतका काम भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण