माधवलाई युवराजको कटाक्ष : अन्तर्विरोध हुँदैमा नयाँ पार्टी गठन गर्ने कुरा राम्रो होइन
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तर्विरोध हुँदैमा नयाँ पार्टी गठन गर्ने कुरा राम्रो नभएको बताएका छन् । शनिबार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीमा अन्तर्विरोध हुँदैमा पार्टी फुटाउनै पर्ने सङ्कीर्ण सोचबाट मुक्त हुनुपर्ने बताएका हुन् ।
उनले सबै कम्युनिस्ट पार्टीहरूले समाजवादलाई एजेन्डा बनाएर अघि बढेको भए पनि एक ठाउँमा उभिन नसकेको बताए । मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको उनको भनाई थियो ।
उपाध्यक्ष ज्ञवालीले अन्तर्विरोध हुने बित्तिकै पार्टी फुट्नै पर्ने, फुटाउनै पर्ने र सँगै बस्नै नसक्ने सङ्कीर्णता तोडेर मिल्ने जति मिल्नुपर्ने बताए । उनले भने, ‘सबै कम्युनिस्ट पार्टीहरूले आफ्नो लक्ष्य समाजवाद भन्नुभएको छ । सबैका डकुमेन्ट राखेर पढ्ने हो भने समानता धेरै पाइन्छ । तर जतिसुकै समानता भए पनि एक ठाउँ किन बस्न सक्दैनौँ । नेपालमा कम्युनिस्टहरू आपसमा मिल्न नसक्ने के रहेछ ? बुर्जुवाहरू त मिलिरहेका हुन्छन् । तुलनात्मक रूपले बुर्जुवा भन्दा कम्युनिस्ट पार्टी धेरै फुट्नुको कारण के हो ? यसको त कारण छ । हामीमा जनसूत्रवाद छ की, मनोवाद हाबी छ की ? सङ्कीर्णता हाबी छ की ? अलिअलि मतभेद त जहाँ पनि हुन्छ । मतभेद नभएको दुनियाँमा कहाँ हुन्छ ? परिवारमा पनि अन्तर्विरोध हुन्छ । अनि हामी अलिकति अन्तर्विरोध हुँदैमा छुट्टिनै पर्ने, अर्को पार्टी बनाउनै पर्ने यो किन भएको छ ? यसको अलि राम्रो अध्ययन, विश्लेषण गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण