अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको लुम्बिनी प्रदेशमा पदाधिकारी सबैको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवारमध्ये खुला सचिवमा सर्वाधिक मत प्रशान्त बन्जाडेले पाएका छन् ।
दोस्रोमा प्रेम जैसीले ६५ र तेस्रोमा हरिबहादुर वलीले पाएका छन् । यसैगरी सचिव छात्रामा समकृति पुनले ८१, दोस्रोमा सविता थापाले ७३ मत पाएका छन् । यस्तै सचिव आदिवासी जनजातिमा दिपेश मगरले ६३ मत पाएका छन् ।
सचिव दलितमा हरेन्द्र बहादुर विकले ८९ मत पाएका छन् । सचिव मधेसीमा अमर मण्डलले सर्वाधिक ५२ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा सर्वाधिक ७२ मत फुलमाया रानामगरले पाएकी छिन् ।
यसअघि लुम्बिनीको मतगणना अन्तिम नतिजा अनुसार अध्यक्षका उम्मेदवारहरूमध्ये विजय प्रकाश शर्मा सापकोटाले ८७, हेमन्त राईले ६६, सुदिन पौडेलले २२, उपदेशकुमार यादवले १० तथा यागेन्द्रबहादुर बुढाले १ मत पाएका थिए । यस्तै उपाध्यक्ष छात्रातर्फ ममता अधिकारीले सर्वाधिक १२९ मत, उपाध्यक्ष आदिवासी जनजातितर्फ सन्दीप पुनले सर्वाधिक ९४ मत पाउँदा उपाध्यक्ष खुलामा मदन ढकालले सर्वाधिक ८८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण