आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी विवाद चाँडो टुङ्ग्याउन राष्ट्रिय चिकित्सक सङ्घको माग
काठमाडौँ । राष्ट्रिय चिकित्सक सङ्घ नेपालले लामो समयदेखि विवादमा रहेको आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको नयाँ व्यवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घले विश्वव्यापी मान्यता विपरीत आवासीय चिकित्सकलाई सिकारु विद्यार्थीको उपदा दिने काम भइरहेको भन्दै आपत्ति जनाएको हो । सङ्घका महासचिव डाक्टर छवि पन्थीले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि सरकारी र गैरसरकारी विश्वविद्यालय तथा मेडिकल कलेजले आवासीय चिकित्सकहरूको श्रम शोषण गरिरहेको बताए।
परिवर्तन भई नयाँ हुन लागेको व्यवस्थाले उक्त शोषणको दीर्घकालीन अन्त्य गर्ने सङ्गठनको ठहर छ। आवासीय चिकित्सकलाई अत्यन्तै अवैज्ञानिक तवरले काममा लगाइनु, दैनिक ड्युटी आवरको निक्र्यौल नगरिनु, सार्वजनिक र अन्य सहुलियत बिदाका सवालहरूमा मौन रहनु, निर्वाह भत्ताको यथोचित रेखाङ्कन नहुनु र अध्ययन शुल्कको वैज्ञानिक मानक स्थापित गर्न नसक्नुले देशको चिकित्सा शिक्षा खस्कँदै गएको विज्ञप्तिमा उल्लेख छ। जसले गर्दा विश्व समाजको दृष्टिमा समेत आलोच्य भइरहेको भन्दै यी सवालहरूको समाधान गर्न नयाँ व्यवस्थामा समावेश हुनुपर्ने जनाइएको छ ।
सङ्घले आवासीय चिकित्सकहरूका समस्या समाधान गर्न सरकारलाई विभिन्न खालका सुझाव दिएको छ।
निजी स्तरबाट सञ्चालित कलेजमा निर्वाह भत्ता र अध्ययन शुल्क, अनिवार्य सेवाका सर्त, आवासीय चिकित्सकको ड्युटी समय र बिदा लगायतका विषयमा सुझाव दिएको हो।
निर्वाह भत्ता र अध्ययन शुल्क मात्र नभई आवासीय चिकित्सकका सम्पूर्ण समस्या एकैपटक समाधान हुने गरी नयाँ व्यवस्था तत्काल लागु गर्न समेत माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण