सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)
काठमाडौँ । 'सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराको साथ ललितपुर महानगरपालिकाद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ भएको छ ।
महानगरले आज जावलाखेल परिसरबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सचेतना कार्यक्रमको सहकार्य प्याब्सन ललितपुर , प्रहरी परिसर जावलाखेलका साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पनि गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले बताए ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख चिरीबाबु महर्जनले हालैमात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताए । केही कठिन काम भए पनि कार्यान्वयन सुरु गरेको र अब ३६५ दिन नै अनवरत रूपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने उनको भनाई थियो ।
_iTgqgyiSrs.jpg)
सुरुमा केही शङ्का लागेको भए पनि धेरै राम्रो काम गरिरहेको पाएको उनले जिकिर गरे । महर्जनले नियम भङ्ग गर्ने सवारी साधन चालकहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
_UkymFGvy7k.jpg)
अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना—भैँसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने महर्जनले जानकारी दिए ।
हेरौँ तस्बिरहरू :
_oqMdlHar6e.jpg)
_217tIrcel5.jpg)
_i8QtIKVALW.jpg)
_ZBz0enT83U.jpg)
_OrnNaukMus.jpg)
_sKQzVJsXdn.jpg)
_sdWbEj9nSK.jpg)
_ZLOjgXixEG.jpg)
_1a7j5zrBNZ.jpg)
_95BKoBB1ct.jpg)
_bdzX6OPmU1.jpg)
_sWWBNCCWKK.jpg)
_POkaC0BQOL.jpg)
_mZ9J2e5eRb.jpg)
_UU7xDfNSvJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण