सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)

काठमाडौँ । 'सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराको साथ ललितपुर महानगरपालिकाद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ भएको छ ।
महानगरले आज जावलाखेल परिसरबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सचेतना कार्यक्रमको सहकार्य प्याब्सन ललितपुर , प्रहरी परिसर जावलाखेलका साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पनि गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले बताए ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख चिरीबाबु महर्जनले हालैमात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताए । केही कठिन काम भए पनि कार्यान्वयन सुरु गरेको र अब ३६५ दिन नै अनवरत रूपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने उनको भनाई थियो ।
सुरुमा केही शङ्का लागेको भए पनि धेरै राम्रो काम गरिरहेको पाएको उनले जिकिर गरे । महर्जनले नियम भङ्ग गर्ने सवारी साधन चालकहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना—भैँसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने महर्जनले जानकारी दिए ।
हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला