रवि लामिछानेको तेस्रो दिनको बहस सुरु*
बुटवल । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही अदालतमा तेस्रो दिनको बहस सुरु भएको छ । शुक्रवार रवि पक्षका तिनजना वकिलले बहस गरेका थिए ।
आज बाँकी रहेको बहस सुरु भएको जिल्ला अदालत रुपन्देही श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए । आजको बहस रमण श्रेष्ठबाट सुरु भएको उनले बताए ।
आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।
रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि सवाल जवाफ हुने उनले बताए । बुधवार ५ नं इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडिएको थियो । बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका थिए ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेको छ ।
*हेडलाइन सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण