रवि लामिछानेको तेस्रो दिनको बहस सुरु*
_m7BH1KtnN5.jpg)
बुटवल । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही अदालतमा तेस्रो दिनको बहस सुरु भएको छ । शुक्रवार रवि पक्षका तिनजना वकिलले बहस गरेका थिए ।
आज बाँकी रहेको बहस सुरु भएको जिल्ला अदालत रुपन्देही श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए । आजको बहस रमण श्रेष्ठबाट सुरु भएको उनले बताए ।
आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।
रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि सवाल जवाफ हुने उनले बताए । बुधवार ५ नं इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडिएको थियो । बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका थिए ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेको छ ।
*हेडलाइन सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन