कांग्रेस सांसदलाई अध्यादेशबारे विज्ञको ब्रिफिङ
आइतबार, १३ माघ २०८१, १५ : ०८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा केहीबेर अघि सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेशका बारेमा छलफल भइरहेको छ ।
छलफलमा अध्यादेशको आवश्यकता र औचित्यका बारेमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरुण पौडेलले ब्रिफिङ प्रस्तुति गरिरहेका छन् ।
नेपाली कांग्रेसभित्र अध्यादेशका बारेमा फरक फरक धारणा आएपछि कांग्रेसले विज्ञहरूलाई राखेर अध्यादेशबारे जनाकारी गराएको हो । सरकारले ५ वटा अध्यादेश ल्याएर २९ वटा कानुन संशोधन गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’
-
धवल शमशेर अदालतमा उपस्थित
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?