पर्वतारोहीलाई कल्याणकारी कोषको व्यवस्था गर्दै सरकार
सोमबार, १४ माघ २०८१, ०५ : ५५
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।
पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए ।
गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट)मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा र युक्ता गुरुङलाई पनि मन्त्री पाण्डेले सम्मान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण