विद्यालयका शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूको शौचालय सफा राख्न परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत शौचालय सफा राख्न परिपत्र गरेको हो।
शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो परेको थियो। प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरेर सफा गर्न भनेको थियो ।
सरकारी कार्यालय र सरकारी विद्यालयमा शौचालय फोहोर भएको गुनासो हेलो सरकार मार्फत प्रधानमन्त्री कार्यालयमा आएको हो। सोही आधारमा शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको थियो। मन्त्रालयले विद्यालयको शौचालयहरूमा आवश्यक मापदण्ड कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको हो।
केन्द्रले समेत ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेर विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि,२०७५ को अनुसूची–१ बमोजिमको मापदण्ड पालना गराउन भनेको छ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासहितको व्यवस्था गराउन आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न गराउन सहजीकरण गर्नु अनुरोध गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?