विद्यालयका शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूको शौचालय सफा राख्न परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत शौचालय सफा राख्न परिपत्र गरेको हो।
शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो परेको थियो। प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरेर सफा गर्न भनेको थियो ।
सरकारी कार्यालय र सरकारी विद्यालयमा शौचालय फोहोर भएको गुनासो हेलो सरकार मार्फत प्रधानमन्त्री कार्यालयमा आएको हो। सोही आधारमा शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको थियो। मन्त्रालयले विद्यालयको शौचालयहरूमा आवश्यक मापदण्ड कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको हो।
केन्द्रले समेत ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेर विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि,२०७५ को अनुसूची–१ बमोजिमको मापदण्ड पालना गराउन भनेको छ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासहितको व्यवस्था गराउन आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न गराउन सहजीकरण गर्नु अनुरोध गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण