मतपेटिका पेरिसडाँडा लान खोजिएपछि विश्वविद्यालय र विशेषको मतगणनामा फेरि लफडा
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदान स्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने नयाँ विवादमा फसेको छ । नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो ।
यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो । तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि विवाद उत्पन्न भएको एक विद्यार्थी नेताले रातोपाटीलाई बताए ।
‘निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिस डाँडामा सार्न खोज्नुभएको छ । तर हेमन्त राई पक्षधर नेताहरूले मान्नुभएको छ । बाटोमा धाँधली हुन सक्ने भन्दै मतदान केन्द्र स्थलमै मतगणना गर्नुपर्ने अडान लिइरहनुभएको छ । यसै कारणले मतगणनाको काम सुचारु गर्न ढिलाइ भइरहेको छ ।’
दुवै प्रदेशका निर्वाचन समितिले मध्यान्ह १२ बजेदेखि स्थगित मतगणना कार्य सुरु गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण