भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका हुन् ।
अब दुई पालिकाबिच सहयोग आदानप्रदान हुनेछ । साथै दुई पालिकाबिच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने अपेक्षा लिइएको छ । दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ ।
दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिचमा औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । दाङको राप्ती गाउँपालिका र भरतपुरबिच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालको भनाई थियो ।
कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाउँपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए ।
सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र राप्ती गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ ।
दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरूलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, उद्यमशीलतामा वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रवर्द्धन र विकास गर्ने लगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ ।
राप्ती गाउँपालिकाले बधिया भालेको बजारीकरणमा सहयोग गर्न भरतपुर महानगरलाई आग्रह समेत गरेको छ । गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान पनि दिँदै आएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
-
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन