वकिलले फाइल फिर्ता गरेपछि अनुसन्धान प्रतिवेदनमा १ जना प्रतिवादी थपिए
काठमाडौँ । चितवनको सहारा बचतको रकम अपचलन गरेको आरोपमा एक जना प्रतिवादी थपिएका छन् । चितवन प्रहरीले एक जना थप प्रतिवादी कायम गर्नुपर्ने राय दिएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
माघ ४ मा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सकारी वकिलले निर्देशन सहित फिर्ता गरेको थियो । निर्देशनअनुसार थप कागजात र प्रमाण पेस गरेर अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूले सहारा बचतको टाँडी शाखामा खाता सञ्चालन गर्ने प्रगति श्रेष्ठलाई पनि प्रतिवादी बनाउन राय दिएको छ । पूरक अभियोगमा पूर्व उप प्रधान एवं गृहमन्त्री रवि लामिछाने सहित १५ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिइएको छ ।
यसअघि १७ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको अभियोगपत्र अदालतमा विचाराधीन छ । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउन मागदावी लिनुपर्ने राय दिएको छ ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख ९८ हजार १५१ रुपैयाँ अपचलन भएको भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण