किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला
सोमबार, १४ माघ २०८१, १६ : २७
काठमाडौँ । ललितपुरको किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित अस्पताल भित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र रावल सोमबार मृत फेला परेका हुन् । रावल सोही नगरपालिकाको वडा नम्बर ८ का निवासी रहेको प्रहरीको भनाई छ ।
यता तेह्रथुमको छथर गाउँपालिका–४ परेवाखोपमा पनि एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७१ वर्षीय लोकमान लिम्बु सोही ठाउँस्थित परेवाखोपको पहरे खानेपानीको ट्याङ्कीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण