बोल्ने समय आएपछि बोल्छु : रवि लामिछाने
सोमबार, १४ माघ २०८१, १६ : ४३
१
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोल्ने समय आएपछि मात्र बोल्ने बताएका छन् । कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपछि उनले सो कुरा बताएका हुन् ।
सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी निवेदन दर्ता गराएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले आम नागरिकले बोलेका कुरा नै आफ्नो कुरा रहेको बताए ।
यता ६५ लाख धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले यसअघि नै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण