बोल्ने समय आएपछि बोल्छु : रवि लामिछाने
सोमबार, १४ माघ २०८१, १६ : ४३
१

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोल्ने समय आएपछि मात्र बोल्ने बताएका छन् । कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपछि उनले सो कुरा बताएका हुन् ।
सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी निवेदन दर्ता गराएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले आम नागरिकले बोलेका कुरा नै आफ्नो कुरा रहेको बताए ।
यता ६५ लाख धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले यसअघि नै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ ।