बुधबारलाई तय गरेको समाजवादी मोर्चाको कार्यक्रम मंगलबार हुने
सोमबार, १४ माघ २०८१, १७ : २७
काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले माघ १६ गते गर्ने भनिएको वृहत्त अन्तरक्रिया कार्यक्रम भोलि (मङ्गलवार)लाई सारिएको छ । माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
बुधवार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम भोलि सारिएको नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे हुने उनले जानकारी दिए ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेको छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण