वर्णवास म्युजियम होटलले अङ्कित मूल्यमा आईपीओ ल्याउँदै, होटलका यस्ता छन् विशेषता
काठमाडौँ । वर्णवास म्युजियम (सांस्कृतिक) होटलको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी प्रस्ताव प्रथम वार्षिक साधारण सभाबाट पारित भएको छ ।
काठमाडौँको केन्द्रमा अवस्थित यो होटल पाँचतारे स्तरको बुटिक लक्जरी होटल हो। करिब १ अर्ब ३० करोडको लागतका निर्माण भएको यो होटल गतवर्ष फेब्रुअरी महिनादेखि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक वर्षपछि साधारणसभाले अङ्कित मूल्य १०० रुपैयाँका दरले आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो ।
करिब २ रोपनी क्षेत्रफलमा फैलिएको साढे नौ तलाको यो होटलले सांस्कृतिक होटलको पहिचान बनाएको छ । यस होटल परिसरभित्र नेपालका विभिन्न समुदायका संस्कृति झल्किने कलाले सजाएको छ।
होटल तीन तहमा विभाजित होटलले हिमाल, पहाड र तराई क्षेत्रलाई झल्काउने गरी बनाइएको छ । तीनै तहमा मूल आदिवासी समुदायका भेषभुषा, रहनसहन र संस्कृति झल्काउने सामग्री राखिएको छ । हिमाललाई शेर्पा संस्कृति, पहाडलाई गोर्खा बहादुरी, र तराईलाई थारु कला झल्कने गरी डिजाइन गरिएको छ।
यसको शिरमा सगरमाथा, ल्होत्से, र नुप्से हिमाल देखिन्छन्। होटलमा साउथ कोल बार, खुम्बु भ्याली, र गोक्यो लेक नामकरण गरिएको स्विमिङ पूल रहेको छ ।
‘जनतालाई लगानीको अवसर दिन आईपीओ’
नेपालका धेरै होटलहरु आईपीओमा गएका छैनन् । गएका होटलहरु पनि प्रिमियम मूल्यमा गइरहँदा यो होटलले भने अङ्कित मूल्यमै आईपीओ बिक्री गर्न लागेको छ । नेपालको शानको रूपमा रहेको पर्यटन क्षेत्रमा नेपाली लगानीकर्ताले गर्न चाहेको लगानीका लागि प्लेटफर्म दिने उद्देश्य सहित आईपीओ जारी गर्न लागिएको कम्पनीका अध्यक्ष राजेन्द्र बजगाइँले जानकारी दिए ।
बजगाईँ भन्छन्– ‘वर्णवास म्युजियम होटल, नेपालको एक मात्र म्युजियम होटल, सांस्कृतिक सम्पदा र लक्जरीको अद्वितीय संयोजन हो । नेपाली लगानीकर्ताहरू जलविद्युत र हरित परियोजनाजस्तै भौतिक सम्पत्तिमा लगानी गर्न इच्छुक हुनुहुन्छ। लगानीकर्ताको लगानीको इच्छालाई पूरा गर्ने अवसर प्रदान गर्न आईपीओको योजना बनाएका हौँ ।’
जनताका हितका लागि र नैतिक व्यावसायिक अभ्यासलाई कायम राख्दै प्रति शेयर १०० रुपैयाँको दरमा शेयर जारी गर्ने तयारी गरेको अध्यक्ष बजगाइँको भनाइ छ । होटलका प्रवर्द्धकहरूले गरिब जनतालाई आर्थिक बोझ थोपर्दै शोषण गर्ने अभ्यास विपरीत अङ्कित मूल्यमै आईपीओ दिएर एउटा नमुनाको काम गर्न लागिएको उनको भनाइ छ ।
निर्माण पूर्व यसले आईईई अनुमोदन गरी चार किल्लाको स्वीकृति प्राप्त गरिसकेको सहरी विकास मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरेको जनाएको छ । प्रतिष्ठानको दक्षिणपट्टिको खोलाबाट ४ मिटरको सेडब्याक छोडेर होटलको संरचना बनाइएको छ ।
कैयन् होटल निर्माता आफ्नै कम्पनीका सिमेन्ट प्रयोग गर्ने, फलामे रड प्रयोग गर्ने, आफ्नै बैङ्कबाट ऋण लिने र लागत खर्च ३०० प्रतिशतभन्दा बढी देखाएर लागतको हेरफेर गर्ने गरेकोमा यो होटलले पारदर्शी लागतसहित होटल निर्माण गरी सञ्चालनमा आएको समेत कम्पनीको दाबी छ । यो आईपीओमा लगानी गर्ने लगानीकर्ताले राम्रो प्रतिफलको प्रत्याभूति आउने समेत होटलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण