टिकट बिक्रीमा समेत भारत–पाकिस्तान विवादको असर
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । भारतले भने च्याम्पियन्स ट्रफीमा आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ संयुक्त अरब इमिरेट्स (यूएई) मा खेल्नेछ ।
नवौँ संस्करणमा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगिताका क्रममा कुल १५ वटा खेल खेलिने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, भारत, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । सामान्यतः कुनै पनि ठुला प्रतियोगिता सुरु हुनुभन्दा निकै अघिदेखि दर्शकका लागि टिकट बिक्री सुरु गरिन्छ ।
तर, यसपटक च्याम्पियन्स ट्रफीको फाइनलको टिकट बिक्री चार दिनअघि मात्र सुरु गरिने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार, फाइनलको टिकट बिक्री मार्च ४ तारिखमा सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल सकिएपछि मात्र फाइनलको टिकट बिक्री गरिने बताइएको छ ।
यसपटक प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा सञ्चालन हुने भएकाले यस्तो निर्णय लिइएको आईसीसीले जनाएको छ । सुरक्षाको कारण देखाउँदै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा सञ्चालन गर्न लागिएको हो ।
‘हाइब्रिड मोडल’ अन्तर्गत भारतले च्याम्पियन्स ट्रफीमा आफ्नो सम्पूर्ण खेल यूएईमा खेल्नेछ । त्यसैले भारत सेमिफाइनल खेलमा विजयी भए फाइनल खेल पनि यूएईमै खेलिने छ । तर, भारत सेमिफाइनलमै पराजित भए फाइनल खेल पाकिस्तानमै खेलिने छ ।
सोही अन्योलका कारण फाइनल खेलको टिकट चार दिनअघि मात्र बिक्री गर्ने निर्णय लिइएको हो । आईसीसीका अनुसार, पाकिस्तानमा खेलिने सबै खेलको टिकट बिक्री भने मंगलबारदेखि नै सुरु हुनेछ । कराँचीमा खेलिने सेमिफाइनल खेलको टिकट पनि मंगलबारदेखि नै बिक्री गरिने छ ।
आईसीसीले दुबईमा खेलिने खेलको टिकट बिक्रीको समय भने हालसम्म सार्वजनिक गरेको छ । ‘दुबईमा खेलिने खेलको टिकट बिक्री पनि छिट्टै खुला गरिने छ,’ आईसीसीले भनेको छ । पाकिस्तानमा खेलिने खेलको सामान्यतर्फको टिकटको मूल्य एक हजार पाकिस्तानी रुपैयाँदेखि सुरु हुनेछ ।
यसैगरी, पाकिस्तानमा खेलिने खेलको प्रिमियरतर्फको टिकको मूल्य भने एक हजार पाँच सय पाकिस्तानी रुपैयाँ तोकिएको छ । च्याम्पियन्स ट्रफीको पहिलो खेल पाकिस्तान र न्युजिल्यान्डबिच कराँचीमा खेलिने छ । उक्त खेलको भीआईपीतर्फको टिकटको मूल्य भने २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण