९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान
काठमाडौँ । सरकारले भारतबाट गहुँ आयातका गर्न इच्छुक फर्म वा कम्पनीलाई आवेदन खुला गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतले दिएको कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि नेपाली कम्पनीलाई कोटा खुलाएको जनाएको छ ।
विभागका अनुसार उक्त गहुँ आयातको लागि इच्छुक नेपाली फर्म÷कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण न्यूनतम १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टनसम्म आयात गर्न सक्नेछन् ।
विभागले सोमबार सूचना जारी गर्दै उक्त गहुँ आयातका लागि ७ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
विभागले आयातका लागी इच्छुक फर्म/कम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड हुनु पर्ने उल्लेख गरेको छ । साथै आयातका लागी नेशनल को-अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल) लाई शत प्रतिशत अग्रिम भुक्तानी गर्नु पर्ने हुँदा वित्तीय श्रोतको सुनिश्चितता भएको हुनुपर्ने उल्लेख छ ।
यसैगरी कोटा प्राप्त भएको मितिले ३ (तीन) महिना भित्र आयात गरी सक्नु पर्ने जनाएको छ । अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भएमा अनुमति प्राप्त भएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण