तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक
मङ्गलबार, १५ माघ २०८१, १३ : ०६
काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलनको उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनका लागि तरलता खिच्न लागेको हो ।
यसको साँवा तथा ब्याज भुक्तानी फागुन ६ गते हुने राष्ट्र बैंकले जनाएको छ । यसमा सहभागी हुन घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गर्नुपर्नेछ ।
यो रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्
-
खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्री लम्सालको आश्वासन
-
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
-
एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण