प्रचण्ड नेतृत्वको लोकप्रिय सरकार ढालेर कांग्रेस–एमालेले प्रतिगमन निम्त्याए : महिन्द्र राय यादव
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका दिएको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै यादवले २०७९ को निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पछि धोका दिएको आरोप लगाए हुन् ।
‘सरकार कुनै कारण नभई प्रतिशोध, भुटानी शरणार्थी काण्डलाई प्रभावित गर्ने, मध्यराति एमालेसँग मिलेर बचाइदियाँै भन्ने अनुनय विनयका कारण सरकार ढल्यो । लोकप्रिय काम गरिरहेको सरकार ढालेर कांग्रेस र एमालेले प्रतिगमन निम्त्याउने काम गरे’, उनले भने, ‘निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पछि धाेका थियो । प्रचण्ड सरकार सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अगाडि बढिरहेको थियो । भ्रष्टाचारका ठुलठुला फाइल खुल्न थालेपछि कांग्रेस र एमाले तर्सिए ।’
भ्रष्टाचारीलाई बचाउन दुई दलीय व्यवस्थामा कांग्रेस र एमाले गएको उनले आरोप लगाए । प्रतिगमन रोक्नका लागि समाजवादी मोर्चा नयाँ ध्रुवीकरण गर्नुपर्ने आँट गर्नुपर्ने यादवले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण