यस्तो बन्यो जलन पीडितको निःशुल्क उपचारसम्बन्धी कार्यविधि
काठमाडौँ । सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलन पीडितको निःशुल्क उपचार गर्न कार्यविधि ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जलनको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१’ ल्याएको हो ।
कार्यविधिमा विपन्न जलनका घाइतेलाई उपचार निःशुल्क सेवा दिने उल्लेख गरिएको छ । सो कार्यविधिमा भनिएको छ, ‘उपयुक्त सिफारिसको आधारमा निज जलनका घाइतेको सम्पूर्ण उपचार निःशुल्क हुनेछ ।’
जलनका घाइतेको सम्पूर्ण उपचार निःशुल्क गर्नका लागि विपन्न परिवारले स्थानीय तह वा अस्पतालको सामाजिक सेवा ईकाइको सिफारिस ल्याउनुपर्ने छ । ‘यस कार्यविधि बमोजिमका सुविधा प्राप्त गर्न सम्बन्धित स्थानीय तह वा अस्पतालको सामाजिक सेवा ईकाइले निज व्यक्ति आर्थिकरुपमा विपन्न भनी खुलाइएको सिफारिस पेस गर्नुपर्नेछ । यस खण्डमा जुनसुकै कुरा उल्लेख भएता पनि अस्पतालको सामाजिक सेवा ईकाइले आर्थिकरुपमा विपन्नको सिफारिस गर्दा नेपाल सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र आधारमा मात्र गर्नुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण