प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण
विराटनगर । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरूलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरूलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस सेन्टर नेपाल मोरङका सचिव अनिल श्रेष्ठले जानकारी दिए । आश्रममा २९ जना महिला र ३६ जना पुरुष ज्येष्ठ नागरिक रहेका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई आवश्यक पर्ने प्राथमिकता उपचार र दिर्घरोगीका ज्येष्ठ नागरिकले सेवन गर्ने औषधी पनि वितरण गरिएको छ । फलफूल र स्वास्थ्य सामाग्री प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष नवीन कर्ण, उपाध्यक्ष श्रीमन्त भट्टराई र कोषाध्यक्ष प्रेम देवानले विराटेश्वर वृद्धा आश्रमका अध्यक्ष जगतप्रसाद आर्याललाई हस्तान्तरण गरे ।
फलफूल र स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश १ का निवर्तमान अध्यक्ष विनोद घिमिरे, सेन्टरका उपाध्यक्ष सुजता लिम्बु, महासचिव गोकुल पराजुली, प्रदेशका सदस्य हरि अधिकारी, प्रेस सेन्टर मोरङका निवर्तमान अध्यक्ष अर्जुन आचार्यलगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण