विद्यार्थीको चुनावसम्म आइपुग्दा पार्टीभित्र गुटगत स्वार्थ प्रस्ट देखियो : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले पार्टीभित्र गुट उपगुटको विकास भइरहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा प्रेस सेन्टर नेपालको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सापकोटाले गुटगत विकासका कारण स्वार्थ प्रस्ट देखिएको बताएका हुन् ।
‘पार्टीभित्र विचार होइन गुट उपगुट विकास भइरहेको छ । विद्यार्थी चुनावसम्म आउँदा यो गुटगत स्वार्थ प्रस्ट देखिन्छ’, उनले भने । विद्यार्थीको चुनावका कारण केन्द्रीय समितिले निर्णय गरेको कार्य विभाजनसम्बन्धी कार्य ढिला भएको भन्दै अब छिटो निर्णय हुने बताए । उनले आगामी दिनमा माओवादी सुदृढ भएर जाने विश्वास दिलाउँदै अध्यक्ष प्रचण्डदेखि सबै नेताहरू श्रममा जोडिने उनको धारणा राखे ।
भर्खर सकिएको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादीलाई जनतातिर फर्काएको र पार्टीले जितेको १२३ पालिकालाई मोडेल पालिकाको रूपमा विकास गर्दै समाजवादी मोडेलमा विकास गर्ने उनले जिकिर गरे ।
यसैगरी बैठकमा उनले केपी ओली नेतृत्वको सरकार संसद् फेस गर्ने आँट नभएर बिचौलियालाई फाइदा हुने गरी अध्यादेश ल्याएको आरोप लगाए । ‘सरकार संसद्सँग भागिरहेको छ किनभने यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन । ओली सरकारको जगमा बिचौलिया र भ्रष्टाचार छ । संसद् फेस गर्ने आट नभएर बिचौलियालाई फाइदा हुने गरी अध्यादेश आयो’, सापकोटाले भने ।
संविधान संशोधन गर्ने भए प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री नहुने विषय माओवादीको लाइन रहेको प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण