दुर्गममा बिरामी भएका प्रहरीलाई अस्पताल पठाउँदा र फर्किँदा खर्च दिन प्रस्ताव
काठमाडौँ । नेपाल प्रहरीका सकलदर्जालाई उपचारमा थप सुविधा दिन प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा सो प्रस्ताव गरिएको हो । विधेयकमा भनिएको छ,‘दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारको सुविधा भएका ठाउँमा लैजाँदा र फर्काउँदा लाग्ने खर्च पाउने व्यवस्था गरिएको छ ।’
स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेको भनेर सिफारिस गरेको अवस्थामा प्रहरी महानिरीक्षकसँग स्वीकृति लिएर उपचार सुविधा भएको ठाउँमा लैजाँदा र फर्काउँदा लाग्ने खर्च दिनुपर्ने प्रस्ताव छ ।
सेवा अवधिमा इन्स्पेक्टर भन्दा माथिका प्रहरी अधिकृतहरूले १२ महिना बराबरको उपचार खर्च पाउँछन् । वरिष्ठ प्रहरी नायव निरिक्षकहरुलाई १८ महिना बराबर, राजपत्र अनङ्गित र आधारभूत श्रेणीको प्रहरी कर्मचारीलाई २१ महिनाको तलब बराबर उपचा खर्च दिनुपर्ने प्रस्ताव गरिएको छ ।
बिस वर्ष, पच्चिस वर्ष र सो भन्दा धेरै सेवाअवधि पुरा गरेर पेन्सन लिनेगरी अवकाश भएका कर्मचारीलाई लिन बाँकी उपचार खर्चमा दश, पन्ध्र र बिस प्रतिशत थपेर दिनुपर्ने प्रस्ताव गरिएको छ । विधेयकमा भनिएको छ, ‘थप गरी हुन आउने रकम एकमुष्ट पाउने गरी उपचार खर्चको व्यवस्था गरिएको छ ।’
सो व्यवस्था अहिले पनि छ । दुर्गममा बिरामी भएका प्रहरी कर्मचारीलाई अस्पताल पठाउँदा र ल्याउँदा खर्च दिने प्रस्ताव चाहिँ नयाँ रहेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
चाडपर्वमा १ महिनाको तलब बराबर रकम दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । निवृत्तिभरण पाउने गरी अवकाश भएका प्रहरीले पनि एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्च पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण