नेपाल प्रहरी विधेयक
केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न प्रस्ताव
बुधबार, १६ माघ २०८१, १४ : २६
काठमाडौँ । नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको प्रहरी विधेयकमा अभिलेखालय स्थापना गर्न प्रस्ताव गरिएको हो ।
नेपाल सरकार बादी भएका मुद्दासँग सम्बन्धित फौजदारी अपराधसँग सम्बन्धित फैसलाको अभिलेख केन्द्रीय अभिलेखालयमा रहनेछ । अनुसन्धान र अभियोजन गर्ने सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि सो फैसलाको एकप्रति अभिलेखालयमा पठाउनुपर्ने छ ।
अभिलेखालय स्थापना गरेपछि अपराध नियन्त्रण र रोकथाम गर्न आवश्यक रणनीति तय गर्न सहज हुने विधेयकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण