राष्ट्रिय बुद्धिचालमा महिलातर्फको खेल रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता कायम
हेटौंडा । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी १० औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडास्थित होटल सामनामा चौथो दिनको खेल जारी छ । नेपाल बुद्धिचाल महासंघले आयोजना गरिरहेको महिला राष्ट्रिय चेसमा काठमाडौँकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गरेका छन्।
छैटौँ चरणको समाप्तिमा साबिक विजेता सिन्दारा जोशीलाई कडा टक्कर प्रस्तुत गरेकी १३ वर्षीय एञ्जलले समान ५ अंकमा रहँदै रोचक अंक तालिका बनाएकी हुन् । सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी शुशिला गुरुङलाई हराउँदै स्कोर बराबरी गर्न सफल भइन् ।
प्रतिस्पर्धामा साढे ४ अंक बनाउँदै संयुक्त दोस्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरका छन् । खेलमा इशाले निहाना श्रेष्ठ र शान्तिले नयुमा मगरलाई पञ्छाउन सफल रहे ।
क्रमशः झापाकी पुनम प्रसाईं र काठमाडौँकी बिनिता कपाली समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन् । छैटौँ चरणको खेलमा बिनितालाई हाराएर पुनमले महत्त्वपूर्ण अंक जोडेका हुन् ।
एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोडेर आफ्नो अग्रता कायम राखेका छन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएका हुन् ।
दोस्रो स्थानको लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष् फूँयाल र काठमाडौँका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइ रहेका छन् ।
अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छन् । जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाडौँका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौँका प्रेमकृष्ण महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण