आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास
बिहीबार, १७ माघ २०८१, ०७ : ५७
तेल अभिभ । प्यालेष्टिनी सशस्त्र समूह हमासले बिहिबार थप ८ जना बन्दी रिहा गर्दैछ । टाइम्स अफ इजरायलमा छापिएको समाचारका अनुसार हमासले युद्धविराम सम्झौता अन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्दैछ ।
पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।
गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । नेपाली विपिन जोशीको बारे अहिलेसम्म केही पनि भनिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण