डिपसिकबारे प्रधानमन्त्री ओली भन्छन्– ‘ब्रुस्लीजसरी आयो, तहल्का मच्चायो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिपसिकबारे टिप्पणी गरेका छन् । बुधबार राजधानीमा आयोजित चेम्बर एक्स्पोलाई सम्बोधन गर्दै उनले एआई क्षेत्रमा यसले तहल्का मच्चाएको टिप्पणी गरेका हुन् ।’
‘अहिले अलिबाबा डटकमवाला जुन एआई आएको छ । यसले च्याटजीपीटी लगायतलाई धेरै संकटग्रस्त बनाएको छ । यो निकै सस्तो छ, कमसेकम १५ गुणा सस्तो भएको जस्तो देखिन्छ । अब...ब्रुस्लीजस्तै आयो क्या यो, ढालिहाल्छ कि जस्तो । अचानक आयो, आइसक्दाखेरि यसले तहल्का मच्चायो । २४ घण्टामा यसले विश्वव्यापी परिचय स्थापित गर्यो । र, विश्वव्यापी कम्युटरिङ सेक्टरलाई यसले झड्का दियो, कि कसरी सस्तो गर्न सकिन्छ ।’
जसले गरोस्, हामी त उपभोक्ता हौं, हामीलाई सस्तो चाहिँएको छ । तर, हामी सधैँ उपभोक्ता मात्रै हुनुपर्छ भन्ने छैन । एउटा कोलोनियल एरामा हामी पछाडी पर्यौं, किनकी हामीकहाँ सामन्तवाद थियो, त्यही भएर पछाडी पर्यौं । यो त ज्ञानको उत्पत्ति भएको ठाउँ हो ।
यद्यपि प्रधानमन्त्री ओलीले भनेको विश्व बजारलाई ढाल्ने डिपसिक भने अलिबाबा कम्पनीको होइन । मंगलबारमात्रै लञ्च भएको डिपसिक छुट्टै कम्पनी हो । त्यसको भोलिपल्ट अर्थात् बुधबार मात्रै चिनियाँ प्रविधि कम्पनी अलिबाबाले बुधबार क्वेन २.५ आर्टिफिसिल इन्टिलिजेन्स (एआई) को नयाँ भर्सन रिलिज गरेको छ । अलिबाबाले उक्त एआईले डिपसिकलाई उछिन्ने दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण